धादिङ २०८२ असार ५ बिहिवार।गजुरी गाउँपालिका न्यायिक समितिको आयोजनामा गजुरी गाउँपालिका वडा नं. ४ को वडा कार्यालय परिसरमा वडा स्तरीय मेलमिलाप केन्द्र गठन तथा समुदाय अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठ, उपाध्यक्ष शर्मिला बिशुराल, वडा अध्यक्ष, अन्य जनप्रतिनिधि, सुरक्षाकर्मी, समुदायका अगुवा र स्थानीय नागरिकहरूको उत्साहजनक उपस्थिति रहेको थियो।
मेलमिलाप केन्द्रको गठनले गाउँस्तरमै साना तिना विवाद तथा झैझगडाको समाधान गर्न मद्दत पुर्याउने अपेक्षा गरिएको छ। साथै, अभिमुखिकरण सत्रमा मेलमिलाप प्रक्रियाको उद्देश्य, कानुनी आधार, स्थानीय तहको भूमिका, र नागरिक सहभागिताको महत्वबारे जानकारीका बिषयमा गजुरी गाउँपालिका न्यायीक समितिका सहजकर्ता जमुना शर्माले बताइन् ।
कार्यक्रमको अध्यक्षता न्यायिक समितिका प्रतिनिधिले गरेका थिए भने स्थानीय सहभागिता र सहकार्यको भावना झल्किने वातावरण रहेको थियो।
उहाँ पाण्डे हाम्रो दैनिक डट कम का लागि प्रधान सम्पादक हुनुहुन्छ |