धादिङको बेनिघाट रोराङ -७ मा मृत्यु पछि अन्त्येष्टिका लागि नि:शुल्क दाउरा दिइने


धादिङको बेनिघाट रोराङ -७ मा मृत्यु पछि अन्त्येष्टिका लागि नि:शुल्क दाउरा दिइने

धादिङ, असार ९, २०८२।मृत्यु जीवनको स्वाभाविक अन्त्य हो। तर, हाल समाजमा अन्त्येष्टिका लागि आवश्यक दाउरा संकलन जस्तो कार्य पनि आर्थिक रूपमा कमजोर परिवारका लागि बोझिलो बन्दै गएको छ। यस्ता समस्यालाई मध्यनजर गर्दै बेनिघाट रोराङ गाउँपालिका वडा नं. ७ ले एउटा महत्वपूर्ण र जनमुखी निर्णय लिएको छ।

वडाध्यक्षको पहलमा अबदेखि सो वडाभित्र निधन हुने व्यक्तिहरुको अन्त्येष्टिका लागि आवश्यक पर्ने दाउरा नि:शुल्क उपलब्ध गराइने छ। यो निर्णय २०८२ साल असार ८ गतेदेखि लागू भएको छ।

वडाध्यक्षले जानकारी गराउँदै भन्नुभयो, “मृत्यु एक अन्तिम सत्य हो, तर गरिब र असहाय परिवारलाई शब जलाउन समेत समस्या हुने अवस्था हामीले देख्दै आएका छौं। त्यसैले अब हाम्रो वडाभित्र दाउरा खोज्नुपर्ने झन्झटको अन्त्य गरिएको छ। कुनैपनि मृतकको अन्त्येष्टिमा दाउराको अभाव हुनु हुँदैन भन्ने सोचले यो कदम उठाइएको हो।”

यस योजनाबाट वडा भित्रका सामाजिक रूपमा पिछडिएका, आर्थिक रूपमा कमजोर, असहाय तथा जेहेन्दार परिवारहरू प्रत्यक्ष लाभान्वित हुने छन्। वडाले दाउराको व्यवस्थापनका लागि आवश्यक पूर्वाधार र सहयोग संयन्त्र पनि बनाउँदै गएको जनाएको छ।

स्थानीय वासिन्दाले यस निर्णयको खुलेर स्वागत गरेका छन्। एक स्थानीय नागरिकले प्रतिक्रिया दिंदै भने, “यो वास्तवमै संवेदनशील निर्णय हो। अन्त्येष्टि गर्दा दाउराको जोहो गर्न नसक्ने अवस्था हामीले भोगेका छौं। अब यो सहयोगले थुप्रै पीडित परिवारलाई राहत मिल्नेछ।”

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस