बेथानचोकमा हाजिरीजवाफ तथा चित्रकला प्रतियोगिता

  • हाम्रो दैनिक
  • / अटो /
  • २०८० चैत्र १६, शुक्रबार (१ महिना अघि)
  • ८० पटक पढिएको
बेथानचोकमा हाजिरीजवाफ तथा चित्रकला प्रतियोगिता

च्याल्टी ।  बेथानचोक गाउँपालिकाद्वारा आयोजित अन्तर आधारभूत तहस्तरीय हाजिरीजवाफ तथा चित्रकला प्रतियोगिता सम्पन्न भएको छ ।

वडा नं. ५ मा रहेको आत्मा विकास माध्यमिक विद्यालयको संयोजनमा कक्षा ६ देखि ८ सम्म सञ्चालित हाजिरीजवाफमा पार्वती मा.वि. प्रथम कृष्ण गोपाल मा.वि. द्वितीय एवम् भूमिमाता मा.वि. तृतीय भएको छ । यस्तै चक्रेश्वर मा.वि.ले सान्त्वनामा चित्त बुझाएको छ । यस्तै चित्रकला ( कक्षा १–५) तर्फ पार्वती मा.वि प्रथम भएको छ भने भीमसेनेश्वर मा.वि., द्वितीय, सरस्वती मा.वि. भुग्देउ तृतीय भए । गोरखनाथ प्रा.वि.ले सान्त्वना स्थान हासिल गरेको छ । कार्यक्रममा विजयीहरुलाई पुरस्कार एवम् प्रमाणपत्र वितरण गर्दै बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले पालिकास्तरमा हुने यस प्रकारका प्रतिस्पर्धात्मक प्रतियोगिताले बेथानचोकका विद्यार्थीहरु देशैभरका ७ सय ५३ वटै पालिकामा रहेको विद्यार्थीसँग प्रतिस्पर्धा गर्न सक्षम हुने बताउनु भयो ।

उहाँले अभिभावकहरुसँग कार्यक्रमहरु सुझावका रुपमा माग्दै रचनात्मक कार्यक्रमहरु शैक्षिक क्यालेण्डर बनाएर अघि बढ्ने बताउनु भयो । उहाँले विद्यार्थीलाई सैद्धान्तिक ज्ञान मात्र नभई व्यवहारिक शिक्षा पनि प्रदान गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा वडा नं. ५ का अध्यक्ष राजकुमार वाइबाले उहाले मानव जीवनमा शिक्षाको महत्व धेरै भएकाले वैज्ञानिक शिक्षा प्रदान गर्नु आजको आवश्यकता रहेको भन्दै पालिका स्तरीय प्रतिस्पर्धाले प्रतिभा उत्पादन हुने बताउनु भयो । उहाँले गाउँपालिकाले विभिन्न गतिविधि छुट्टा छुट्टै वडाहरुमा गरिदैजाने नीति लिएकोमा यी २ प्रतियोगिता आफ्नो वडामा सञ्चालन गरेको जानकारी दिनुभयो । कार्यक्रममा आत्माविकास माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष जगत तामाङले कार्यक्रम सफल पार्न सहयोग पुर्याउनुहुने सबैलाई धन्यवाद दिनुभयो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तारा राना तिमल्सिना, वडा नं. २ का अध्यक्ष पुरुषोत्तम तिमल्सिना, ६ नं. वडाका अध्यक्ष विष्णु तामाङ, बेथानचोक गाउँपालिका शिक्षा शाखा प्रमुख पुष्पा राइलगायतको उपस्थिति रहेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस