मकवानपुर राक्सिराङ गाउँपालिकाले ख्रीष्टमसको अवसरमा दुई दिन सार्वजनिक बिदा दिने

फोटो फाइलबाट।

मकवानपुर राक्सिराङ गाउँपालिकाले ख्रीष्टमसको अवसरमा दुई दिन सार्वजनिक बिदा दिने

धादिङ पौष ८ सोमबार ।मकवानपुरको राक्सिराङ गाउँपालिकाले इसाई धर्मावलम्बीहरूले पर्व ख्रिष्टमसको अवसरमा २ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

इसाई धर्मावलम्वीहरुको उल्लेख्य बसोबास रहेकाले गाउँपालिकामा पुस ९ र १० गते २ दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको गाउँपालिका अध्यक्ष रजकुमार मल्लले हाम्रो दैनिकलाई जानकारी दिनुभएको हो।

उक्त अवधिमा गाउँपालिकाभित्रका सम्पूर्ण सार्वजनिक कार्यालय, सरकारी कार्यालय, शिक्षण संस्थाहरू बन्द रहनेछन् । उनका अनुसार ख्रिष्टमस पर्वले बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक, जातीय विविधतायुक्त यस गाउँपालिकाका सम्पूर्ण जनतामा आपसी सद्भाव, सामाजिक एकता र भ्रातृत्व कायम राख्न जरुरी छ ।

ख्रिष्टमसले बन्धुत्व, प्रेम र समताको भावना बढाई शान्त, समुन्नत तथा संवृद्ध राक्सिराङ बनाउन प्रेरणा प्रदान गर्ने उनले विश्वास व्यक्त गरे ।

गाउँपालिकाले एक सूचना जारी गर्दै ख्रिष्टमसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

लेखकको बारेमा

  • उहाँ पाण्डे हाम्रो दैनिक डट कम का लागि प्रधान सम्पादक हुनुहुन्छ |

  • लेखकको सामाजिक सञ्जाल

    थप आर्टिकलहरु :

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    ताजा अपडेट

    खोजी गर्नुहोस