गजुरी गाउँपालिकाको आयोजनामा उत्कृष्ट नतिजा हासिल गर्ने बिधालय,विद्यार्थी र शिक्षकहरुलाई सम्मान


गजुरी गाउँपालिकाको आयोजनामा उत्कृष्ट नतिजा हासिल गर्ने बिधालय,विद्यार्थी र शिक्षकहरुलाई सम्मान

धादिङ ।गजुरी गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा द्वारा आयोजित कार्यक्रममा शैक्षिक सत्र २०८० मा एस.ई.ई. र एस.एल.सी. परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यालय, विद्यार्थी तथा शिक्षकहरूलाई सम्मान गरिएको छ।

गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठले उत्कृष्ट विद्यार्थी, शिक्षक तथा विद्यालयहरूको प्रशंसा गर्दै, गजुरी गाउँपालिकाले शैक्षिक क्षेत्रको प्रवर्द्धनका लागि निरन्तर लागिपर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

उहाँले स्थानीय तहले गुणस्तरीय शिक्षा सुनिश्चित गर्न भौतिक तथा शैक्षिक पूर्वाधारको विकासलाई प्राथमिकता दिएको बताए। साथै, शिक्षकहरूको योगदानको उच्च मूल्यांकन गर्दै, विद्यार्थीहरूलाई अझ मेहनत गरी उज्ज्वल भविष्य निर्माण गर्न प्रेरित गर्नुका साथै एस.ई.ई.र एस.एल.सी.मा चार जिपिए लेराउने बिद्यार्थीलाई एक लाख रुपियाँ पुरस्कार दिने समेत श्रेष्ठले बताउनुभयो।

समारोहमा गजुरी गाउँपालिका उपाध्यक्ष शर्मिला बिसुराल, प्रमुख प्रशासकीय अधिकृत होम बहादुर राउत, गजुरी गाउँपालिका सरकार प्रवक्ता एवम् गजुरी ७ का वडा अध्यक्ष बद्री जम्कटेल, गजुरीका वडा अध्यक्षहरू, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

गजुरी गाउँपालिकाले शैक्षिक क्षेत्रको विकासमा निरन्तर सक्रियता देखाउँदै आएको छ। यसअघि, २०८१ माघ १० गते, गजुरी गाउँपालिका वडा नम्बर ६ स्थित इन्द्रायणी आधारभूत विद्यालयको अभिभावक भेला तथा विद्यालय व्यवस्थापन समिति पुनर्गठन कार्यक्रममा अध्यक्ष श्रेष्ठले आफ्नो कार्यकालभित्र माध्यमिक विद्यालय सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। यसले विद्यार्थीहरूलाई स्थानीय रूपमा उच्चस्तरीय शिक्षामा पहुँच पुर्‍याउने लक्ष्य राखेको छ।

त्यसैगरी, २०८१ फागुन ८ गतेदेखि आयोजित दोस्रो गजुरी गाउँपालिका अध्यक्ष कप खुल्ला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको थियो। यस प्रतियोगिताले खेलकुद क्षेत्रको विकासमा गाउँपालिकाको सक्रिय सहभागिता र प्रतिबद्धता प्रस्ट्याउँछ।

यी सबै प्रयासहरूले गजुरी गाउँपालिकाको शैक्षिक र खेलकुद क्षेत्रमा सकारात्मक प्रभाव पारेको छ, जसले विद्यार्थीहरूलाई प्रोत्साहित गर्दै उज्ज्वल भविष्य निर्माणमा सहयोग पुर्‍याउनेछ।

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

खोजी गर्नुहोस