धादिङको गजुरी गाउँपालिका वडा नम्बर ७ मा गृहिणी महिला सशक्तीकरण कार्यक्रम सम्पन्न


धादिङको गजुरी गाउँपालिका वडा नम्बर ७ मा गृहिणी महिला सशक्तीकरण कार्यक्रम सम्पन्न

धादिङको गजुरी गाउँपालिका वडा नम्बर ७ मा गृहिणी महिला सशक्तीकरण कार्यक्रम सम्पन्न भएको छ ।

शुक्रबार बागमती प्रदेश सरकार र गजुरी गाउँपालिकाको लगानीमा गजुरी गाउँपालिका वडा नम्बर ७ मा गृहिणी महिला सशक्तीकरण कार्यक्रम सम्पन्न गरिएको गजुरी गाउँपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख सरस्वती सिल्वालले बताइन्।

गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठको प्रमुख अतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा गजुरी गाउँपालिकाका प्रवक्ता एवम् गजुरी गाउँपालिका वडा नं.७ का वडा अध्यक्ष बद्री प्रसाद जम्कटेल, गजुरी गाउँपालिका महिला बालबिकास तथा जेष्ठ नागरिक शाखा प्रमुख सरस्वती सिलवाल र सामाजिक विकास शाखा गजुरीको सूचना अधिकारी सुशीला सुवेदीको विशेष आतिथ्यता रहेको थियो ।

त्यस्तै कार्यक्रमका प्रमुख अतिथि श्रेष्ठले गजुरी गाउँपालिका भित्रका गृहिणी महिलाहरूको आर्थिक सशक्तीकरण, उद्यमशीलता विकास, आत्मनिर्भरता अभिवृद्धि तथा सीपमूलक तालिमलाई प्रवर्द्धन गर्ने उदेश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।

उहाँले गजुरी गाउँपालिकाको सम्पुर्ण महिलाहरुको क्षमता अभिवृद्धि गर्नका लागि आगमि कार्य योजनामा निश्चित बजेट छुट्टयाएर सिपमुलक तालिमहरुको सञ्चालन गर्ने प्रतिवद्धता समेत जनाउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

खोजी गर्नुहोस