गजुरीमा नि:शुल्क आँखा शिविर सुरु, पहिलो दिनमै ५७ जनाको सफल शल्यक्रिया

  • हाम्रो दैनिक
  • / अन्य /
  • २०८२ बैशाख २७, शनिबार (१ घण्टा अघि)
  • ४५ पटक पढिएको

गजुरीमा नि:शुल्क आँखा शिविर सुरु, पहिलो दिनमै ५७ जनाको सफल शल्यक्रिया

धादिङ – गजुरी गाउँपालिका–१ स्थित आदर्श बहुमुखी क्याम्पसमा तिलगंगा सर्जिकल आँखा केन्द्र धादिङ, तिलगंगा आँखा प्रतिष्ठान काठमाडौं र गजुरी गाउँपालिकाको संयुक्त आयोजनामा सुरु भएको हो।

नि:शुल्क आँखा परीक्षण तथा शल्यक्रिया शिविरको पहिलो दिनमै ५७ जनाको सफल शल्यक्रिया  भएको छ।द फ्रेड होलोज फाउन्डेसनको सहयोग तथा गजुरी सामुदायिक विकास समाज, गजुरी महिला बहुउद्देश्यीय सहकारी संस्था लि., रुद्रेश्वर आमा समूह, नेपाल रेडक्रस सोसाइटी गजुरी उपशाखा, र लक्ष्मी सहकारी संस्था लि. को समन्वयमा सञ्चालन भएको शिविरमा गजुरीका विभिन्न वडाबाट आएका नागरिकहरूलाई आँखासम्बन्धी सेवा प्रदान गरिएको हो।

शिविरको उद्घाटन कार्यक्रममा गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठ, उपाध्यक्ष शर्मिला बिशुराल, र जनप्रतिनिधिहरु, सामाजिक अभियन्ता र स्थानीय संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको गजुरी गाउँपालिका स्वास्थ्य प्रमुख सुन्दर कुमार श्रेष्ठले बताउनुभयो।

कार्यक्रमले दृष्टि गुमाएका नागरिकहरूको जीवनमा उज्यालो फर्काउने प्रयास स्वरूप महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस