गल्छी चोकमा ट्रान्सफर्मर सुधार कार्यका कारण बैरेनी–गल्छी क्षेत्रमा ६ घण्टा विद्युत् अवरुद्ध

  • हाम्रो दैनिक
  • / अन्य /
  • २०८२ बैशाख २८, आईतबार (१ महिना अघि)
  • १८० पटक पढिएको

गल्छी चोकमा ट्रान्सफर्मर सुधार कार्यका कारण बैरेनी–गल्छी क्षेत्रमा ६ घण्टा विद्युत् अवरुद्ध

गल्छी, बैशाख २८ – गल्छी गाउँपालिका–०७ स्थित गल्छी चोकमा रहेको ट्रान्सफर्मर तथा शाखा लाइनको सुधार कार्यका कारण बैरेनी, गल्छी बजार लगायतका स्थानहरूमा आइतवार बिहानदेखि दिउँसोसम्म विद्युत् सेवा अवरुद्ध हुने भएको छ।

नेपाल विद्युत प्राधिकरण, गल्छी शाखाका अनुसार आदमघाट फिडर अन्तर्गत पर्ने उक्त क्षेत्रमा हाल ट्रान्सफर्मर वायरिङ, एल.टी. केबल विस्तार, पुरानो पोलको विस्थापन लगायतका कार्यहरु २७ गतेदेखि नै निरन्तर रुपमा भइरहेको जनाइएको छ। बाँकी रहेको कार्यलाई सम्पन्न गर्न मिति २०८२ साल बैशाख २८ गते बिहान १०:०० बजेदेखि बेलुका ४:०० बजेसम्म मुख्य लाइन बन्द गरिने गजुरी उप के.धादिङले

विद्युत प्राधिकरणले कार्यस्थल बाहेकका क्षेत्रहरूमा आवश्यकताअनुसार वैकल्पिक धार्के लाइनमार्फत विद्युत आपूर्ति गरिने बताएको छ। साथै, काम समयमै सम्पन्न भएमा तोकिएको समयभन्दा अगाडि वा ढिलो पनि लाइन सञ्चालनमा आउन सक्ने स्पष्ट पारिएको छ।

स्थानियवासी र व्यवसायीलाई असुविधा हुन नदिन वैकल्पिक व्यवस्था गर्न तथा सूचनालाई मनन गर्न विद्युत प्राधिकरणले अनुरोध गरेको छ।थप जानकारीको लागि ०१०–४०२११५ मा सम्पर्क गर्न सकिने जनाइएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

खोजी गर्नुहोस