धादिङ – फरक क्षमता भए पनि अपार प्रतिभा प्रदर्शन गर्दै गजुरी गाउँपालिका–२, धादिङका प्रोसेस पाण्डेले ‘द भ्वाइस अफ नेपाल सिजन ६’ को उपाधि जितेर सिंगो धादिङलाई गौरवान्वित बनाएका छन्।
गजुरी गाउँपालिकाको आयोजनामा २०८२ साल बैशाख २९ गते बिहान ८ बजे आदर्श माध्यमिक विद्यालय, गजुरीमा बधाई तथा सम्मान कार्यक्रम आयोजना गरिने भएको छ।
कार्यक्रममा प्रोसेस पाण्डेले गायन प्रस्तुति दिनेछन् भने उनका कोच एवं चर्चित गायक खेम सेञ्चुरी विशेष अतिथिका रूपमा सहभागी हुने जनाइएको छ।बागमती प्रदेश सरकारका निवर्तमान मुख्यमन्त्री शालिकराम जम्कटेलको प्रमुख आतिथ्यता हुनेछ भने छिमेकी पालिका/नगरपालिकाबाट समेत आतिथ्यता गरि कार्यक्रम भव्य रूपमा सम्पन्न हुनेछ।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समाजसेवी, विद्यार्थी, शिक्षक, पत्रकार तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहनेछ।प्रोसेसको यस जितले संगीत क्षेत्रमा फरक क्षमताका व्यक्तिहरूको पनि सम्मानजनक स्थान हुनसक्ने स्पष्ट सन्देश दिएको छ।
स्थानीयबासी तथा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले प्रोसेसलाई बधाई दिँदै उनको उज्यालो भविष्यको कामना गरेका छन्।
उहाँ पाण्डे हाम्रो दैनिक डट कम का लागि प्रधान सम्पादक हुनुहुन्छ |