गजुरीको आदर्श मा.वि मा बाल क्लब र युवा रेडक्रस सर्कल पुनर्गठन निर्वाचन सम्पन्न


गजुरीको आदर्श मा.वि मा बाल क्लब र युवा रेडक्रस सर्कल पुनर्गठन निर्वाचन सम्पन्न

धादिङ, गजुरी-१ — आदर्श माध्यमिक विद्यालय गजुरीमा बाल क्लब तथा युवा रेडक्रस सर्कल पुनर्गठनको लागि निर्वाचन सम्पन्न भएको छ। विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको सो निर्वाचन लोकतान्त्रिक प्रक्रियाबाट सम्पन्न भएको हो।

युवा रेडक्रस सर्कलको सभापतिमा कक्षा १० की चमेली वि.क निर्वाचित भएकी छन् भने बाल क्लबको अध्यक्षमा कक्षा ११ की रोनिशा नेपाल निर्वाचित भएकी छन्।

निर्वाचन कार्यक्रमको अनुगमन तथा प्रोत्साहनका लागि गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठ, उपाध्यक्ष शर्मिला बिशुराल, शिक्षा, युवा तथा खेलकुद शाखाका अधिकृत सन्तोष पौडेल,वडा अध्यक्ष तारानाथ भण्डारी, विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजकुमार उप्रेती, विद्यालयका प्रधानाध्यापक सुरेश कुमार बस्नेत लगायत सम्पूर्ण विद्यालय परिवारको उपस्थिति थियो।

विद्यालयले यस कार्यक्रम मार्फत विद्यार्थीहरूमा नेतृत्व, उत्तरदायित्व, र लोकतान्त्रिक अभ्यासको चेतना विकास गर्ने उद्देश्य लिएको जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

ताजा अपडेट

खोजी गर्नुहोस