चीन भ्रमणलाई लिएर विवाद नगर्न सत्तारुढ दलहरुलाई अपिल:झलनाथ खनाल

  • हाम्रो दैनिक
  • / नेकपा एस /
  • २०८१ मंसिर ६, बिहिबार (५ महिना अघि)
  • १८२ पटक पढिएको

चीन भ्रमणलाई लिएर विवाद नगर्न सत्तारुढ दलहरुलाई अपिल:झलनाथ खनाल

काठमाडौँ ६,मंसिर।नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणलाई लिएर विवाद नगर्न सत्तारुढ दलहरुलाई अपिल गरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी चीन भ्रमणको चर्चाका बीच चिनिया परियोजना बिआरआई बारे अहिले सत्तारुढ नेकपा एमाले र नेपाली कांग्रेसबीच मत बाझिएको छ।

यसै सन्दर्भलाई लिएर पूर्व प्रधानमन्त्री समेत रहेका खनालले आज विज्ञप्ति जारी गर्दै बीआरआईबारे अनावश्यक विवाद नगरी नेपालको राष्ट्रिय हितलाई सर्वोपरि राखेर अघि बढन् सुझाब दिएका हुन् ।

बीआरआई सहयोगलाई पश्चिमा शक्तिहरुले चीनको विरुद्धमा ‘ऋणको पासो’ भनेर कुप्रचार गरी नेपाल र नेपालीको भाग्यमाथि खेलवाड गरिरहेको खनालको आरोप छ।

नेपालले उक्त सम्झौता गरेको ७ वर्ष पछिसम्म पनि नेपालका प्रमुख दलबीच यसबारे समान धारणा बनिसकेको छैन।स्रोतथाहा खबरबाट

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

खोजी गर्नुहोस