सरकारविरुद्ध संघर्षको तयारीमा नेकपा माओवादी, सदन र सडक संघर्ष चर्काउने

  • हाम्रो दैनिक
  • / माओवादी केन्द्र /
  • २०८१ भाद्र १८, मंगलबार (८ महिना अघि)
  • १८६ पटक पढिएको

सरकारविरुद्ध संघर्षको तयारीमा नेकपा माओवादी, सदन र सडक संघर्ष चर्काउने

गजुरी/प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)ले सरकारविरुद्ध संघर्ष गर्ने तयारी भइरहेको जानकारी गराएको छ।

पार्टीका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले भ्रष्टाचार नियन्त्रण, लोकतन्त्र र जनजीविकाको सवालमा आफ्नो पार्टी नेतृत्वको सरकारले चालेका कदम उल्ट्याउने काममा सरकार लागि परेको जिकिर गर्दै त्यसका विरुद्ध सदन र सडक संघर्ष दुवै चर्काउने तयारीमा लागेको हो।

मंगलबार पार्टीको निर्वाचन आयोग, अनुशासन आयोग र लेखा आयोगको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता सापकोटाले सरकार र सत्तारुढ दलका नेताहरुविरुद्ध जनमत उर्लेको भन्दै आफ्नो पार्टीले प्रतिरोध गरेर अघि बढ्ने बताए।

उनले संविधान संशोधनको नाममा दुई दल सम्मिलित सरकारले जनताको अधिकार खोज्ने चेष्टा गरेकाले त्यसविरुद्ध जमेर प्रतिवाद गर्ने नीति पार्टीले लिएको पनि दावी गरे।

प्रवक्ता सापकोटाले सरकार राष्ट्रियताको सवालमा पनि गम्भीर  नभएको आरोप लगाए।रासस

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

खोजी गर्नुहोस